काठमाडौं । पत्रकार निराज रानाभाट सम्मानित भएका छन् । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस तथा रजत जयन्ती ’अवसरमा ‘ उत्कृष्ट कृषि पत्रकार ’ बाट उनी सम्मानित भएका हुन् । पत्रकारितामार्फत किसानहरुको हरेक कार्यक्रममा उपस्थित भई किसान तथा दुग्ध क्षेत्रको आवाजलाई प्रचारप्रसार गरेकाले योगदानको उच्च कदर गर्दै संघले नगद तथा सम्मान – पत्र प्रदान गरेको हो । सम्मानपश्चात् कार्यक्रमका प्रमुख अतिथि तथा वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसूदन पौडेलले रानाभाटलाई कार्यक्रममा बधाइ दिनुभयो । । सम्मानित पत्रकार रानाभाटले सम्मान गरिदिएकोमा संघलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि प्रचारप्रसार र प्रवर्द्धनमा सक्रिय रहिरहने प्रतिवद्धता जनाए । रानाभाट विगत १ दशकदेखि कृषिलगायत अन्य विविध क्षेत्रमा कलम चलाइरहेका छन् भने विशेष गरी कृषि क्षेत्रमा सक्रिय पत्रकारिता गर्दै आइरहेका छन् ।

Posted inअर्थ तथा वित्त समाचार