बीपी हाइवे फेरी बन्द

रेडियो छहारी डटकम, १४ कार्तिक, काठमाण्डौ ।
बीपी हाइवे अन्तर्गत भकुण्डेवेशी देखि नेपालथोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन फेरी पनि अवरुद्ध भएको छ ।
राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेवेशी मै रोकिएका छन् ।अविरल वर्षाका कारण बीपी हाइवे अन्तर्गत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा पनि लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनः माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएको छ । सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *