रेडियो छहारी डटकम, १३ कार्तिक काठमाण्डौ । रेशम चौधरीले पुरानो पार्टी नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ दल घोषणा गरे सँगै दलवल सहित दलदर्ताको लागि निर्वाचन आयोग पुगेकाछन् । फौजीशैलीमा एउटै पोशाकमा निर्वाचन आयोग पुगेका चौधरीले आवश्यक सवै कागजात सहित दलदर्ताको लागि पेश गरेकाछन् । डा. सिके राउतको दल छोडेका अब्दुल खान सहितको टोलीले चुनाव चिन्ह भने जाँतो माग गरेको छ । आफ्नै श्रीमती रञ्जिता श्रेष्ठसँग वेमेल भएर नयाँदल खोल्न गएका रेशम चौधरीको चुनाव परिणाम कस्तो आउने हो हेर्न चासो मानिएको छ भनी जिज्ञासुहरुको जिज्ञासा रहेको जनमानसमा चर्चा चलेको छ ।
Posted inसमाचार