रेडियो छहारी डटकम, १३ कार्तिक काठमाण्डौ । विकाशका योजनाहरु काटेको भनी राष्ट्रियसभाका सांसदहरु सरकारसँग असन्तुष्ट देखिएका छन् । आज विहिवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक सिंहदरवारमा वसेको थियो । अधिकांश सांसदहरुले टुक्रे योजनाहरु किन काटियो भन्ने कटाक्ष गरेका थिए र मन्त्री तथा विभागिय प्रमुखलाई बोलाएर सोधनी हुनुपर्ने माग राखेका थिए । सम्भव भए प्रधानमन्त्रीसँग नभए सम्बन्धित मन्त्री बोलाएर सोध्नु पर्ने माग धेरै सांसदले गर्नु भयो ।
यो अन्तरिम सरकारले भने आर्थिक अवस्थामा सूधार ल्याउन भनी विभिन्न साना आयोजनहरुलाई खारेज गरेको थियो । आगामि फागुन २१ गतेको घोषित निर्वाचन, जेनजी आन्दोलनका नाममा भएको भौतिक क्षतिको पुनः निर्माण तथा राष्ट्रिय महत्वका योजनामा खर्च गर्न भनी श्रोत पहिचान गरी उक्त टुक्रे आयोजनाहरु खारेज गरेको छ ।
Posted inसमाचार