रेडियो छहारी डटकम, १३ कार्तिक काठमाण्डौ । काठमाण्डौ गोर्खाजले अमेरिकामा सम्पन्न विश्वकप लिग २ मा उत्कृष्ट लयमा रहेका मिलिन्द कुमारलाई टोलीमा भित्र्याएका छन् । ब्याटर मिलिन्द कुमार आउँदो सिजनकालागि नेपाल प्रिमियर लिग क्रिकेटमा तेश्रो विदेशी खेलाडीकोरुपमा अनुबन्धित भएका छन् । ३४ वर्षिय मिलिन्द कुमार समेत यस अघि पनि काठमाण्डौ गोर्खाज इंग्ल्याण्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई पनि सहभागी गराईसकेको थियो ।
मिलिन्द उत्कृष्ट खेलाडीको रुपमारहेका छन् । दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए । मिलिन्द कुमारले अमेरिकी टोलीका लागि ठुलो सफलताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन् । काठमाण्डौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाईका अनुसार मिलिन्द कुमार फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमाण्डौं गोर्खाज परिवारको हिस्साको रूपमा पाउँदा खेलाडीहरु निकै उत्साहित भएका छन् ।