रेडियो छहारी, काठमाडौं । भाद्र २ । आउँदो कार्तिक १७ गते रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ मा हुनगईरहेको उपनिर्वाचनका लागि २६ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले रेडियो छहारीलाई जानकारी दिनु भयो ।
सानै भएपनि राजनीतिमा आएको चहलपहलले ८४ मा हुने चुनावको परिणामलाई आंकलन गर्न सक्ने वताइएको छ ।