गायिका तथा मोडल सोना केसी र सुर्य खड्का भन्छन नलगाएको सुहाउछ न खाएको बच्छ “बुढेसकालमै ”भन्दै दुखेसो पोख्छिन (हेर्नुहोस

काठमाण्डौ १४ साउन ।

नेपाली नारीहरुको महानपर्व हरितालिका तीज २०७५ को हार्दिक शुभकामना सहित् जापानमा रहेर बिगत लामो समय देखि गायन तथा मोडलिङ्ग क्षेत्रमा लागिरहेकी प्रतिभासाली कलाकार सोना केसीको उत्कृष्ट तीज कोशेली “बुढेसकालैमा “बजारमा आएको छ परदेशी चर्चित गायक सुर्य खड्का र सोना केसीको सुमधुर आवाज रहेको तीज गीतमा शब्द पदम क्षेत्रीको रहेको छ भने लय सुर्य खड्काकै रहेको छ।तीजलाई लक्षित गरेर बजारमा आएको सोना केसीको उक्त गीतमा चर्चित कलाकारहरुको सहकार्य देख्न सकिन्छ।बिगत लामो समय देखि प्रबासमा बस्दै आएकी सोना केसी गीत संगीतलाई असाद्धै मन पराउछिन।

गीत संगीतको अझ उत्कृष्ट स्वाद चखाउन यो गीत बनेको देख्न सकिन्छ।एक प्रेमी प्रेमिका बिचको सम्बादलाई गीतमा उतारिएको छ भने सो गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन्।सुरेश श्रेष्ठको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको भिडियोमा अभिनय भने सुमन परियार र स्मृति तिमिल्सिना गुरुआमाले गरेकी छिन।बाँकी भिडियो हेर्नुहोस