मिस दोलखा–२०१८ काे ताज सपना चौलागाईंलार्इ

काठमाण्डाै २८ आश्विन ब्राइट इभेन्ट मेनेजमेन्टले शनिबार आयोजना गरेको मिस दोलखा–२०१८ काे ताज भीमेश्वर नगरपालिका वडा नंम्बर ४ जीलुकि सपना चाैलागार्इले हात पार्न सफल भएकि छिन् ।
दाेलखा सदरमुकम चरिकोटमा आयोजित प्रतिस्पर्धामा २१ जनालाई प्रतिस्पर्धीलाइ पछि पार्दै चौलागाईंले मिस दाेलखाकाे उपाधि हात परेकि हुन् । उनले मिस दोलखा–२०१८ को ताज सहित नगद ५० हजार समेत प्राप्त गरेकि छिन् । त्यसै गरी फस्ट रनर अप र सेकेन्ड रनर अप क्रमश भीमेश्वर नगरपालिका वडा नंम्बर ६ कि पविना थापा र वडा नंम्बर ३ कि अनुषा रिजालले हात पार्न सफल भए । भने भीमेश्वर नगरपालिका वडा नंम्बर २ कि प्रकृति श्रेष्ठ थर्ड रनर अपमा चित्त बुझाउनु पर्याे । प्रतियाेगितामा फस्ट रनर अप, सेकेन्ड रनर अपलाइ नगद ३० हजार र २० हजार सहित ट्रफी र क्राउन प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा मिस नेपाल-२००० की विजेता उषा खड्की, मिस्टर मोडल अफ वल्र्ड दिक्पाल कार्की, माेडल पूर्णिमा लामा र गायिका मिना निरौलाकाे निर्णायक टाेली रहेकाे थियाे ।