कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’को विमोचन

काठमाण्डौ  २४ भदौ, रेडियाे छहारी

पत्रकार एवं लेखक कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’को शानिबार विमाेचन भएकाे छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

आख्यानकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा, कवि ज्योति जंगल र लेखक आचार्यले संयुक्तरुपमा उपन्यासको विमोचन गरेका हुन् ।
सामाजिक मनोविज्ञानका विषयवस्तुमा आधारित पुस्तकका बारेमा सबैले अाअाफ्ना धारणा राखेका थिए ।
विमोचन कार्यक्रममा लेखक आचार्यले उपन्यासमार्फत आफूले ‘रियालिटीलाई फिक्सनाइज’ गरेको बताए । ‘उपन्यासमा माया–प्रेम मात्र नभएर समाज र सामाजिक चित्रण पनि छ’, अचार्यले भने, ‘उपन्यासभित्र पाठकले आफू र आफ्नो सामाजिक परिवेश पाउनेछन् ।’ उपन्यासले मनोरञ्जनका साथै ज्ञान पनि दिन खोजेको उनले बतए । उपन्यास युरेका पब्लिकेशनले बजारमा ल्याएको हो भने यसको मूल्य ३५० रुपैयाँ रहेको छ ।