गायिका कल्पना दुलाल अर्गानिक तीज मनाउँदै भिडियाे सहित

काठमाण्डौ २४ साउन । भुपाल सुन्चेउरी, पछिल्लाे समय तीजकाे गीतहरू अाउने क्रम जारि रहेकाे छ । तर ति गीतहरूमा पुराना तथा गाउँ घरमा चल्न चल्तिमा रहेका शव्दहरू भेट्न हम्मे हम्मे नै पर्दछ । तर गायिका कल्पना दुलालले गएकाे अर्गानिक तीज बाेलकाे गीतले भने ती शव्दहरूलार्इ जीवित पार्ने काेशिस गरिएकाे छ ।

ठेकीमा जमाएको दही, थाँक्रोमा फलेको चिचिण्डा, दुध, घ्यु, स्कुस, लैका जस्ता शव्दहरूले गीतलाइ अर्गानिक बनाउन मद्दत गरेकाे छ ।
शहरमा बसेकि छाेरी तीजमा अाफ्नाे माइति गाउँ जानु भन्दा अगाडि अामासंग फाेन गरिएकाे कुराकानि गीतमा देख्न सकिन्छ । गीतमा सुमन श्रपितले शब्द रहेकाे छ भने बीबी अनुरागीकाे संगीत रहेकाेछ । मधुर बस्नेतले निर्देशन तथा छायांकन गरेकाे गीतकाे म्युजिक भिडियाेमा क्रिष्टिना दुलाल, युनिशा थापा, धुर्बराज खड्का, माधब खनाल र हरी कार्कीले अभिनय गरेका छन् । भने भिडियाेलाइ बिबेक बि. क सम्पादन गरेका हुन् ।

कमला देवी डिजिटल मार्फत बजारमा ल्याइएकाे उत्त गीतलाइ गायिका सुनिता दुलालकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे थियाे ।
गायिका दुलाल सिन्धुपाल्चाेक जिल्लमा जन्मनु भएकाे हाे , हाल रेडियाे काठमाण्डुमा कार्यरत हुनुहुन्छ ।