प्रचण्डले उपेन्द्र यादवसँग भित्री रुपमा गठबन्धन बनाएपछि ओली अप्ठ्यारोमा, ओलीले अर्को कदम लिने !

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भित्री रुपमा गठबन्धन बनेसँगै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली अहिले अप्ठ्यारोमा परेका छन् ।

स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपासँग दुई बुँदे सहमति गरेर र सरकारमा सहभागी जनाए । यसमा नेकपाका अध्यक्ष प्रचण्डको ठूलो हात छ । प्रचण्डकै कारण उपेन्द्र सरकारमा आउन सम्भव भएको कुरा नेकपाभित्रका नेताहरुको दाबी छ ।

हुन पनि प्रचण्ड र उपेन्द्रबीच धेरै कुरामा समानता पाईन्छ । अहिले संविधान संशोधन प्रस्तावमा प्रचण्डले समर्थन गर्ने ग्रिन सिग्नल दिएका छन् । यता शासकीय स्वरुपमा प्रचण्डको प्रस्तावमा उपेन्द्रको समर्थन छ । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकालत गरेको धेरै पहिलेदेखि नै हो ।

तत्कालीन नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डामा नेताहरु विभाजित थिए । अहिले एमाले र माओवादी केन्द्रबीच एकता भएको छ । प्रचण्ड अहिले आफ्नो पक्षमा नेताहरुलाई राख्ने कसरतमा छन् ।

कतिपयले त आउने दिनमा प्रचण्डले पार्टीभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने समेत संभावना देखिरहेका छन् ।

आज नेकपाका नेता योगेश भट्टराईले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भनेका छन्,‘मेरो साथ अध्यक्ष प्रचण्डलाई छ, प्रचण्डजीको एजेण्डा हाम्रो एजेण्डा हो ।’