सिके राउत समुहको भेला लाहानमा शुरू, भेलाकाे शुरू राष्ट्रिय गीतबाट

लहान, चैत ३

सिके राउत समुहको भेला अाइतबारबाट लाहानमा शुरू भएकाे छ । भेलाकाे शुरू राष्ट्रिय गीतबाट गरीएकाे छ । विगतमा पृथकतावादी आन्दोलन गरिरहेका राउत समुहको राष्ट्रिय परिषद बैठकमा राष्ट्रिय गीतबाट शुरु भएको हो ।

दुई दिने बैठकका सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ । साथै भेलामा राष्ट्रिय परिषद्का सदस्यलाई पनि अनिवार्य नेपाली नागरिकता भएको हुनुपर्ने व्यवस्था लागु गरिएको छ ।

अहिले भेलामा राष्ट्रिय गीत गुञ्जनुलाइ सबैले चासाेकाे बिषयमा लिएका छन् । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली…’ बोलको राष्ट्रिय गीत गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो ।