फाल्गुण २ गते देखि प्रथम बलेवा महाेत्सव हुँदै

बागलुङ

शिक्षा खेलकुद कला संस्कृतीकाे पहिचान, बलेवाकाे विकास र प्रवर्दनमा हाम्राे अभियान भन्ने मुल नाराका साथ यहि फाल्गुण २ गते देखि प्रथम बलेवा महाेत्सव शुरू हुँदै छ ।

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानकाे अायाेजनमा बागलुङ नगरपालिका १४ नारायणस्थान स्थित ठुलाेखाेरमा संचालन हुने महाेत्सवमा बिबिध प्रतियाेगित्मक कार्यक्रमहरूकाे अायाेजना गरिएकाे छ। मेलामा म्याराथुन दाैड, रत्याैलि, दाेहाेरीगित, बिधालय स्तरीय खुल्ला नृत्य, खुल्ला भलिवल, कवि सम्मेलन, बाल उधान, रमाईलाे मेला, कृषि प्रदर्शनी हुनेछ ।

हरेक दिन स्थानिय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ ।