फेरि त्यो दिनको याद आयो

कुरा आज भन्दा आठ बर्ष अगाडीको हो । गाउबाट रोजगारको सिलसिलामा शहर पसेकी म भक्तपुरको सानो ठिमीमा डेरा लिएर बस्थे ।  कोठा भाडा खान बस्न शहरिया जीवन निकै कष्टकर थियो मेरो लागि कतै जागीर मिलिहाल्छ कि भनेर कोटेश्वर स्थित तालिम केन्द्रमा दुई महिने तालिममा सहभागी भए । तालिम मध्याह्न १२ देखि दिउसो २ बजेसम्म हुन्थ्यो । तालीममा जान थालेको ३/४ दिनपछि म बस स्टेशनमा गाडीको पर्खाइमा थिए । एक्कासी कुनै बालकको आवाज मेरो कानमा ठोक्कियो । नाइ मलाई नपिट्नुस । पछाडी फर्किएर हेर्दा त्यहा मानिसको भिड थियो । त्यस भिडलाई थिचोल्दै म अगाडि बढे ।

त्यहा ९/१० बर्षको सानो भाइ थियो । उस्को आँखा रातो देखिन्थ्यो । छेउमा भएको युवकले उस्लाइ गाली गर्दै पिट्दै थियो । मैले भने रोक्नुस ! किन, के गल्ती गर्यो र यस्ले यसरी पिट्नु भाको ? अनि त्यो बालकको हात समातेर आफुतिर ताने । ती युवकले मलाई जबाफ दिए । यो खाते हो खाली पैसा माग्छ  ।

मैले भने ,


अरे, पैसा दिने नदिने त तपाईंको बिचार हो किन पिट्नु यस्लाइ, बलजफ्ती खोसेर त पक्कै लिदैन होला ?
सडक बालक बोल्यो दिदि मलाई पैसा दिनुस न । किन ? मैले प्रश्न गरे । म भोको छु उस्ले भन्यो । छेउमा नाङ्लो पसल थियो बुढी आमा हुनुहुन्थ्यो । आमा उस्लाइ चाउचाउ दिनुस मैले भने ।

आमा : नानी यो गुन गर्ने लायकको छैन । पैसा भयोकी बेलून फुकेर हिड्छ । गाजा तान्छ बदमाश छ । आज हजुरले यसरी दिदा भोलिदेखी हजुरलाई मागेर हैरान बनाउछ। मैले भने ठिक छ केही छैन बच्चा हो बदमाश त हुन्छ तर उसलाई माया गर्नुपर्छ गाली हैन । मैले त्यस बालकलाइ हेर्दै भने चाउचाउ खाउ। उसले खान लाग्दै के थियो अरु दुई जना पनि आए तिनीहरु उसको साथी रहेछ्न । फेरि दुई पाकेट चाउचाउ किनेर ति दुइलाइ दिए । त्यसपछि म माइक्रो चढेर आफ्नो डेरामा पुगे । भोलिपल्ट फेरि तालिमपछि घर फर्कनको लागि बस कुरिरहेकी थिए म त्यही सडक बालक मेरो सामु आयो मेरो हात समाउदै उसले भन्यो ।

बालक: हिरोनी दिदि हजुर धेरै राम्रो हुनुहुन्छ हजुरको मन पनि राम्रो छ अरु सबैले मलाई गाली गर्छ्न पिट्छन खाते भन्छ्न तर हजुरले खाने कुरा दिनुहुन्छ मायाले बोलाउनु हुन्छ । उस्को कुरा सुनेर मेरो मनमा धेरै प्रश्न उब्जियो। आखिर को हो यो बालक ? के यस्को कोहि छैन ? सडकमा बास कसरी भयो?

उसलाई बिस्कुट दिए मैले अनि डेरामा फर्किए। यसरी दिनहुँ उ सङ्ग भेट हुन थाल्यो । म सधै उसलाई केही खानेकुरा दिएर मात्र डेरामा फर्कन्थे । दिन, हप्ता हुँदै महिना बित्यो । अब मेरो उ साथी बनिसकेको थियो। मलाई मेरो सानो साथीको बारेमा जान्न मन थियोे तर गफ गरेर बस्ने समय थिएन म सङ्ग।  एकदिनको कुरा हो । आज त म उस्को बारेमा जानेर छाड्छु बरु घर ढिला जाउला भन्ने लाग्यो । म तालिम केन्द्र बाट निस्किएर प्रतीक्षालयमा पुगे मेरो सानो साथी मलाई नै कुरेर बसेको रहेछ ।

हिरोनी दिदी भन्दै मेरो सामु आयो । उसले मेरो टाउकोमा भएको चस्मा देखाउदै भन्यो म चस्मा लाउछु नि,  हुन्छ मैले भने । उसले चस्मा लगायो अनि भन्यो मेरो फोटो खिचिदिनुस न । मैले हास्दै हुन्छ भने । उसले थरीथरी पोज दियो । मैले धेरै फोटो खिचे उसको । म उ सङ्ग नजीक भएको देखेर गाडी कुरेर बस्नेहरु मलाई हेरेर हास्दै थिए। फेरि मेरो सानो साथीले भन्यो । हिरोनी दिदि म तपाईंसङ्ग बसेर फोटो खिच्छु नि ल । मैले उसलाई अङ्गालोमा राखेर सेल्फी हाने । हाम्रो मित्रतालाइ नियाल्ने धेरै थिए त्यहाँ । यस्तैमा एक युवकले बोले

युवक : हजुर यो खाते बालक सङ्ग कस्तो झ्याम्मिनु भाको ? हजुरलाई देख्दा त यस्तो लाग्दैन किनकी हजुरको लबाइ हेर्दा हजुर धनीबाउकी छोरी झै लाग्छ अनि शिक्षित हुनुपर्छ तर यो फोहोरी बालकलाई कति मायाले बोलिरहनुभाको छ।
मैले भने,

हेर्नुस जन्मदै कोहि फोहोरी हुदैन कोहि सडक बालक बनेर जन्मदैन । उ आज सडक बालक हुनुको पनि कुनै कारण होला । मेरो यो जबाफले सबै मौन भए । अनि छेउमा बसेकी नाङ्लो पसलकी बुढीआमा बोल्नु भयो ।

बुढीआमा: नानिको मन सफा छ धेरै दिन भयो उहालाइ देखेको यस्तो बच्चालाइ साथी बनाउनु भाको छ । भगवानले सबैलाई यस्तै छोरी दिउन अनि मैले ती आमा सङ्ग मेरो सानो साथीको बारेमा सोधे । आमा हजुरलाई यसको बारेमा थाहा छ ?

आमा: रामेछापको बच्चा हो यो ।घरबाट भागेर आको । बुबाआमा भाइबहिनी सबै छ्न घरमा । आमाको कुरा सुनेपछि मेरो मनमा झनै खुल्दुली मच्चियो ।

मैले भने : उसको बाबाआमाले किन खोजी नगरेको होला ?

आमा: आउनुभएको थियो नानी। उसको बाबाले दुइचोटी सम्म घर लिएर जानू भयो फेरि भागेर आयो। यति सुनेपछि मैले उसलाई अलि पर लिएर गए अनि सोधे

मैले भने: तिमी घर जाउ अब यसरी सडकमा बस्न हुदैन तिम्रो पढ्ने उमेर हो यो । उस्ले बोल्यो

बालक: मलाइ सधै भाइबहिनी हेर्न लगाउछ्न उनिहरु लडदा पनि मलाइ कुटछ्न बाउले । कसैले माया गर्दैन मलाई म घर जान्न दिदि ।

मैले भने: हेर तिमी मेरो मिल्ने साथीहौ भने मैले भनेको मान घरमा जाउ पढ ठुलो मान्छे बन्नु पर्छ । तिम्रो बाबाआमालाइ म सम्झाउछु अब देखि पिट्नु हुन्न तिमिलाइ। यदि तिमी आफ्नो घर गएनौ भने म कहिल्यै तिमिसङ्ग बोल्दिन । उस्ले हतारिदै जबाफ दियो ! म हजुरले जे भनेपनी मान्छु । त्यसपछि म फेरि ती बुढीआमा सङ्ग कुरा गर्न गए ।

मैले भने: आमा उसको आफन्त कसैको फोन नम्बर छ हजुर सङ्ग ?

आमा: म सङ्गै बस्ने उस्को घर छेउको साथी छ भोलि म बुझेर तपाइलाइ भन्छु नि ल नानी।
भोलिपल्ट तिनै आमा भएको ठाउमा पुगे अनि सोधे खै आमा हजुरले नम्बर पाउनु भयो त?
आमाले भन्नू भयो उस्को बाबाको नम्बर रैछ नानी लिउ कागजको सानो टुक्रा दिदै भन्नुभयो । अबभने म खुशी भए अब उसलाई गाउँ उसको घर फर्काउन सक्छु भनेर । मैले फोन गरेर उहाँको छोराको बारेमा सब बताए शुरुमा त उहाले आनाकानी गर्नुभयो मैले सम्झाएपछी उहाँ छोरा लिन आउन राजी हुनुभयो ।

त्यसपछि म डेरामा आए कतिबेला भोलि हुन्छ रातभर मनमा कुरा खेल्यो कतिबेला उज्यालो भयो पत्तै भएन । भोलिपल्ट म क्लास गइन उस्को बाबा आउदै हुनुहुन्थ्यो म साथी सङ्गै बसे । धेरै कुरा भयो उ सङ्ग ।

मेरो सानो साथी प्वाक्क बोल्यो ,
साथी: हिरोनी दिदी म तपाईं सङ्ग बिहे गर्ने । वरपर बस्ने सबैजना गलल हाँसे । मैले हाँस्दै भने अहिले नै बिहे गर्ने ?
साथी: हैन म ठुलो भएपछि ! हजुर धेरै राम्री हुनुहुन्छ । हजुरको मन पनि राम्रो छ । मलाई हजुरको माया लाग्छ ।
अनि मैले मुस्कुराउदै भने, तिमी पहिला घर गएर पढेर ठुलो मान्छे बन्नु अनि यहि आउ हामी बिहे गर्ने ।
उस्ले भन्यो, बिद्यानष्ट म सङ्ग बिहे गर्नुहुन्छ नि ?
मैले भने, बिद्यानष्ट म तिमिसङ्ग बिहे गर्छु । सबैजना फेरि गलल हाँसे

केहिबेरमा उसको बाबा आइपुग्नु भयो । मैले नमस्ते गरे । अनि भने हजुरलाई यहाँ बोलाउने म नै हुँ । आफ्नो छोरा घर फर्कन राजी गराएकोमा धन्यवाद यो गुण म कहिल्यै बिर्सन सक्दिन भन्नुभयो उहाँले । मैले भने हामीले बच्चालाई कस्तो शिक्षादीक्षा दिनुपर्छ बुझ्नु जरुरी छ । बच्चालाई गाली गरेर हुदैन यतिबेला उसलाई मायाको खाचो छ। सम्झाइबुझाइ स्कुल पठाउनुहोला । ल लिएर जानुस मेरो सानो साथीलाई भनेर उहाको हातमा उसको हात राखिदिए । उस्ले बोल्यो, बाबा म ठुलो भएपछि हिरोनी दिदिसङ्ग बिहेगर्ने ल। उहाँले म तिर हेरेर हाँस्दै भन्नुभयो हुन्छ बाबू ।

यतिकैमा रामेछाप जाने बस पनि आयो मेरो सानो साथी र उस्को बाबा बसमा उक्लदै बाइ भन्नुभयो । सानोसाथी चिच्याउदै थियो हिरोनी दिदी म ठुलो भएपछि आउँछु यहि भेट्ने ल । बिहे गर्नुपर्छ । यति भन्दै उस्ले बिदाईको हात हल्लाउँदै थियो । म हेरिरहे बस हेर्दाहेर्दै आँखा बाट ओझेलमा पर्यो । मेरो आँखा रसाए अनि आँसु पुच्छ्दै म आफ्नो डेरातिर लागे।

यो मेरो जिवनको सत्य घटना हो । आज फेरि उस्को याद आयो अनि दुइचार सब्द कोर्न मन लाग्यो । अब त ठुलो भयो होला उ साच्चै उ पढ्योकि पढेन होला मनमा अनेकौ कुराहरु खेल्न थाले। कहाँ होला मेरो त्यो सानो साथी झझल्कोले सताइरह्यो …।

अहिले पनि म कुनै कारणबश कोटेश्वर पुगे भने त्यही बालकको याद आउँछ हेर्छु यता उता कतै भेटिन्छकि झै लाग्छ । म त्यो दिन जिबनभर बिर्सन सक्दिन ।

कल्पना घर्ती ,थापा
लम्जुङ्ग