संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते दिउँसो ४ बजे

काठमाडौं, पौष ३, संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।