तेस्राे सुन्तला उत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकारहरूकाे जमघट हुँदै

काठमाडौं, पौष २, रेडियाे छहारी, “कृषि हाम्राे पेशा कृषक हुनुमा शान सहकारी बाट व्यवसायीक बन्नु हाम्राे पहिचान” भन्ने मुल नारा सहित श्री गणेश व्यवसायिक कृषि सहकारी लिमिटेड बा.न.पा. -८ सिगान बागलुङले कृषि मेला अयाेजना गर्ने भएकाे छ । तेस्राे सुन्तला उत्सव  २०७५ नाम दिइएकाे उत्त मेलामा बिभिन्न कृषि साम्रागी पनि प्रदर्शन हुनेछ ।

मेला पाैष ६ गते देखी १० गते सम्म हुने भएकाे हाे । मेलालाई सभ्य अनि भव्य रूपमा सफल पार्न सम्पुर्ण काम तिव्र रूपमा अगडी बढाइएकाे अयाेजकले बताएकाे छ । मेलालाइ अझ मनाेरञ्जात्मक बनाउन गत बर्ष भन्दा यस बर्ष राष्टिय स्तरका चर्चित कलाकारहरू निमन्त्रणा गरीएकाे अायाेजकले बताएका छन् ।

मेलामा राष्ट्रिय कलाकारहरू पुरूषाेतम न्याैपाने, बिष्णु खत्री, हेमन्त खड्का, सुमन खड्का, प्रकाश पराजुली, हास्य कलाकार एवं गायक रवि कार्कि, सज्जन कुमार सिंह केपी कुमार जलन, चर्चित गायिका पार्वती जिसी, लाेक दाेहाेरी गायिका बसन्ती थापा, मिना बुढाथाेकी, लगायतका कलाकारहरूकाे जमघटले महाेत्सव निकै भव्य हुने अायाेजकले जनाएकाे छ । मेलामा अन्य बिबिध प्रतियाेगितात्मक कार्यक्रमहरू पनि हुने अायाेजकले जनाएकाे छ ।