गजल – सबिता लामा (काभ्रेपलान्चोक)

कोहि आयो जिन्दगीमा दामी बनेर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोहि आयो जिन्दगीमा दामी बनेर
अनि गयो बिस्तारै हरामी बनेर

 

म यता मायामा पागल बनेकि छु
डाक्टर आयो बिचरा बेकामी बनेर

 

उता ती मुस्कानले गगन चुमिदिदा
नयनबाट आँसु आयो सुनामी बनेर

 

अरे म समस्यामा ‘म’ नै भएकि थेँ
समाधानमा सबै आए हामी बनेर

 

नबोले नि आउनु प्रिय म मरेको बेला
एउटा फुलको थुङ्गा बोकि मलामी बनेर

 

सबिता लामा
काभ्रेपलान्चोक