राजपा नेपाल द्वारा सदस्यता वितरण कार्य तिब्र

बारा, राजपा नेपालका बारा जिल्ला प्रबक्ता अरुण सिंहको अग्रसरतामा बारा जिल्लाको देवताल गाउँपालिका वडा नं.१ मा सदस्यता वितरण कार्य तिब्र गरीएकाे छ । करीव एक सय भन्दा बढी मधेसमा वसोबास गर्दै आएका, मधेसी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजाती, महिला, अपाङ्ग लगायत लोपोन्मुख जातीहरुको हक अधिकारको रक्षा गर्ने र माग सम्बोधन गर्न सक्ने एउटै मात्र पार्टी राष्ट्रिय जनता पार्टी नेपाल नै हो भन्दै नेपाली नागरिकहरुले अन्य पार्टी परित्याग गरेर राजपा नेपाल प्रवेश गरेका छन ।

राष्ट्रको लागि योगदान पु¥याउन ज्यानको आहुती गर्ने वीर शहिदको सपना साकार पार्न सक्ने एक मात्र पार्टी हो भन्दै नव प्रवेशीलाई भव्य स्वागत गरिएको थियो । २०७४ साल बैसाख ७ गते मधेस केन्द्रित ६ वटा पार्टीले गरेको मधेसी जनताको हितका लागि भएको एकताको आन्दोलनले आमुल परिवर्तनको संज्ञा मिलेको सबैमा सर्वविदितै छ ।

मधेस आन्दोलनमा अहम भुमिका निर्वाह गर्दै आएका वारा जिल्ला प्रबक्ता अरुण सिंहको हातबाट राजपा नेपालको सदस्यता ग्रहण गर्ने अवसर पाएका नेपाल नागरिकहरु अत्यन्त हर्षित भएका थिए । आउँदो २०७६ साल बैसाख ७,८,९ गते हुन गई रहेको राजपा नेपालको महाअधिबेशको लागि गाउँ गाउँमा राजपा नेपालको इच्छुक नेपालीलाई सदस्यता वितरण गर्ने कार्य धमा धम भईरहेको समाचार राजपा नेपालले दिएको छ ।