प्रधानमन्त्री ओलीलाई ‘गुड लिरसिप एन्ड गभर्नेन्स अवार्ड’ सँगै एक लाख अमेरिकी डलर

काठमाडौं, १६ मंसिर, विवादास्पद कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गुड लिरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गरेका छन् ।

काठमाडौंमा जारी एसिया प्यासिफिक समिटमा ओलीलाई युनिभर्सल पिस फेडेरेसनले उक्त अवार्ड दिएको हो । संस्थाले अवार्डसँगै एक लाख अमेरिकी डलर पनि प्रदान गरेको छ । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् ।

पुरस्कार पाएलगत्तै ओलीले सरकारलाई त्यो रकम हस्तान्तरण गर्ने बताएका छन् । प्रधानमन्त्रीले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताउनु भएको छ ।