गजल – कवि काफ्ले (दोलखा)

 

 

 

 

 

 

 

 

 

 

 

साँझ मरेको थियो बिहान उठेर आयो
कस्तो अचम्म अहो चिहान उठेर आयो

 

कतै अत्याचार पो गर्नु भयो कि हजुरले
हातमा कोदालो लिइ किसान उठेर आयो

 

आश्चर्य नमान्नुस सडक गल्ली र चोकमा
बिहान बिहानै राष्ट्रिय गान उठेर आयो

 

जात फेरियो उस्को धर्म बेचियो रे भन्दै उ
दुर दुर बाट आफ्नो पहिचान उठेर आयो

 

सानो नसोच्नुस कलम योद्दाको हतियार
कवि को आक्रोसित तुफान उठेर आयो

कवि काफ्ले
दोलखा