गजल – कल्पना घर्ती थापा (लमजुङ)

तिम्रो तस्बिर अटाउनलाइ खाली हैन दिल
उन्को माया घटाउनलाइ जाली हैन दिल

 

एउटै हुन्छ मनको राजा बस्छ राज गरी
मौसम अनुसार लगाउनलाइ बाली हैन दिल

 

तिम्रो लिला अपरम्पार रुप अनेक भन्दै
पुज्दै हिंड्न अक्षताको थाली हैन दिल

 

सजाएर फुलहरु पार्दै रङ्गिचङ्गि
बगैंचाको रेखदेख गर्ने माली हैन दिल

 

चर्को घाममा शितल दिने बन्दै छहारि
जुन चरा नि ओत लाग्ने डाली हैन दिल

 

कल्पना घर्ती थापा
लमजुङ