बिन्ती छ नरिसाइदेउ न – शम्भु गजुरेल “अज्ञानी” (बेलकोटगढी-९ नुवाकोट)

 

 

 

 

 

 

 

 

 

 

 

बिन्ती छ नरिसाइ देउ न
रिसले मुख कालो नपारी देउ न
बास माग्न आउदा बास दिए
भोकै छु भनेउ गाँस दिए
दिन भरिको लाखाधुनी ले
लख्रख्ख थाकेको बेलामा
घत्रक्क गुन्द्रीमा भुसुक्क हुने रहर
थचक्क थिचेर
रात भर तिम्रा आदर्श सुनेको थिए
मानो मुठी उठाउने उर्दि होस
मान्छेको हाटबजार मा
टुडिखेल रुपि तिम्रो पसल सजाउन
नाङ्गो खुट्टाले उभिदिएको थिए
सत्य युग कि नारी झै
केवल सति गएको थिइन
तिम्रो नाउमा किनकी तिमी
सजिव थियौ!
तै पनि अहिले म तिर हेर्दैनौ
बिन्ती छ नरिसाइदेउ न!

 

हरिया डाडा बनाउछु भन्यौ
केबुलकार चलाउछु भन्यौ
चिल्ला सडक दैलो दैलोमा
बिबेकी डाक्टर गाउमा
हराभरा खेती , रसिलो आगन
राता पिरा युवाको जमात
जमिन मुनि रेलको यात्रा
न्याय पुर्ण व्यवस्था
तिम्रा आफ्ना बाचा हरु थिए
वृद्ध बा आमा लाई पाल्छु
भ्रष्टाचार लाई पखाल्छु
तपाईंको आशिर्वाद चाहियो
बोली त तिम्रै हो नि होइन?
अनि मैले तिमिले भने झै
बाक्सा भरी मेरो मन
दिएर पठाएको थिए!
अहिले रातो गलैंचा टेक्दैमा
गोलभेडे आँखा पल्टाएर हेर्छौ
बिन्ती छ नरिसाइदेउ न!

 

चिल्लो सडक नभए पनि हुन्छ
रेल नचढौला खुशी छु म
गगनचुम्बी घर बनाउन पर्दैन
भत्ता को आशा पनि छोडौला
केवल धुलो न उड्ने बाटो देउ
धर्मराएका गोडाले गाडी चढ्न खोज्दा
भित्र छिर्ने खुल्ला ढोका देउ
जरा जरा मा बसेको भ्रष्टाचार
एसिड खन्याएर मासिदेउ
शक्ति ले मातेका हरुले
निर्मला लाई निर्मुल पार्दा
बन्द भएका आँखा र कान खोलेर
न्याय छ भन्ने देखाइदेउ
मेरा बलिया छोरा छोरी लाई
बिदेशी को घर बनाउन फ्री भिषा होइन
खेतमा फलेको तरकारी
कमिसन बिना खानेको
ताउलो मा पारी देउ
बिदेशिनेको लर्को शुन्यमा झारिदेउ
अनि तिमी जस्तो बाहन चढ
वा पुस्पक बनाउ तिम्रा निम्ति
गुनासो छैन मेरो!
तरपनि रिसाउछौ,
बिन्ती छ नरिसाइदेउ न!

 

शम्भु गजुरेल “अज्ञानी”
बेलकोटगढी-९ नुवाकोट