गजल – जानकी भण्डारी (काभ्रेपलान्चोक)

सुख दुःख पक्कै जिन्दगी हो ताल मिलाउन सके बुढो पनि जवान हुन्छ जिउडाल मिलाउन सके

 

 

 

 

 

 

 

 

सुख दुःख पक्कै जिन्दगी हो ताल मिलाउन सके
बुढो पनि जवान हुन्छ जिउडाल मिलाउन सके

 

भाविले नै लेखेको हुन्छ निधारमा भन्ने छैन अब
तिमि हुन्छौ दुलाहा म दुलही साल मिलाउन सके

 

असम्भव भन्ने छैन केहि कोशिस राख्नुपर्छ जारी
ठुलै माछा पर्न सक्छ हातमा जाल मिलाउन सके

 

जिन्दगी त एउटा खेल हो मैदानमा उत्रिनेलाई हेर
जित्छ बाजी उसैले जहाँ पनि माल मिलाउन सके

 

जन्म मृत्युु सांसरिक रित हो मान्नै पर्छ सबैले नै
सरदर आयु बढ्छ पक्कै अनिकाल मिलाउन सके

 

जानकी भण्डारी
काभ्रेपलान्चोक