गजल – सिताराम खड्का (मन्थली न.पा.- १० रामेछाप )

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मेरो आँखा झिक्नुस अनि झिरमा राखिदिनुस
त्यसपछि अन्धो शरीर मन्दिरमा राखिदिनुस

बर्षो देखी बा’को कुनै खबर पत्तो छैन आमा
एउटा फूलको थुङ्गा त्यो तस्बिरमा राखिदिनुस

चुसिरहन्छन रतग,पसिना सधै लुटेराहरुले
ए सरकार मलाई पनि फकिरमा राखिदिनुस

फर्कि आईन भने म अस्पतालको सैया बाट
मेरो मुटु उनै प्रियाको नजिरमा राखिदिनुस

हजुरकी कान्छि छोरीलाई जिस्क्याउने मै हुँ
सक्नुहुन्छ भने यो मन स्थिरमा राखिदिनुस

सिताराम खड्का
मन्थली न.पा.- १०
रामेछाप