दसैको मुखमै रुदै रुदै लागे परदेश पुरुषोतम सत्याल ‘

काठमाडौं असोज २३

गायक पुरुषोतम सत्याल र गायिका पूर्णकला बिसीको स्वरमा रहेको दसैँ गीत ‘रुदै रुदै लागे परदेश’ सार्वजनिक भएको छ।

नेपाली गीत संगीतमा निकै क्रियाशिल रुपमा लागेका यी युवा गायक दोए पुरुषोतम सत्याल र मधुकर थापा निर्मित बियागान्त कथाले समेटिएको दशैं गीत रुदै रुदै लागे परदेश बोलको गितले अहिले नेपाली बजार मात्र हैन देश विदेशमा चर्चा कमाउन सफल भएको छ । लाखौँ परदेशियका नेपालीलाई आधारित यस गीतमा चर्चित गायिका पूर्णकाला बि.सी र पुरुषोतम सत्यालले गायको गीतमा लय पुरुषोतम सत्यालले गरेका छन् भने शब्द मधुकर थापाले गरेका हुन् । यस भिडियालाई बजार व्यबस्थापक एम पी कृयसन मार्फत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा साअया भण्डारी, मधुकर थापा मगर, अना थापा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

आफ्नो जन्मथलो छाडेर कर्म थलोको रुपमा काठमान्डौ अएका यी युवा जोडीले पछिल्लो समय निकै नेपाली गीत संगीत क्षेत्रमा आफ्नो नाम जमाउन सफल गायकहरुको निकै गीतहरु गाइसकेका छन् ।