पाेखरा लाेकताराकाे टप टेनमा चिल्डेन लाइफका छात्र दिपेन थापा

काठमाडौं असोज २२
केपि कुमार जलन,
पाेखरा लाेकतारा २०७२ काे भव्य सफलतापछी लाेक प्रतिभाकाे खाेजी अभियान अन्तर्गत त्रिवेणी संगितालय पाेखराले अायाेजना गरेकाे पाेखरा लाेक तारा -२ मा चिल्डेन लाईफ वाेर्डिङ स्कुलका छात्र दिपेन थापा टप टेनमा पुगेका छन । लुकेर रहेका प्रतिभाकाे खाेजि गरि गित संगितमा लागेर प्रेरणा मिल्न सकाेस भन्ने हेतुले २०७२ साल देखि निरन्तर रूपमा पाेखरा लाेकताराकाे अायाेजना गरिदै अाएकाे छ, विशेष गरी गण्डकी प्रदेशका जिल्लाहरू देखी अन्य जिल्लाहरू बाट पनि सहभागी भएका थिय । एकल लाेक गायन प्रतिस्पर्धा अनुसार दिपेन थापा तेस्राे चरण बाट टप टेनमा पुग्न सफल भएका हुन। सडक छाप ,गाेर्खे लाहुरे गितमा समेत स्वर भरि सकेका दिपेन कक्षा ९ मा अध्ययनरत छन । दिपेन थापा संगै युकेश गुरूङ,निश्चल गुरूङ,रत्न रसाईली,सुस्मा बिसी,गणेश घिमिरे बिक,बत्ति थापा मगर,भीष्म तामाङ,उमेश अधिकारी,बुदि थापा, ऋतु परियार,तारा गदाल र करिस्मा बिक टप टेनमा परेका छन।