लगनकाे महिनामा दुर्गेश थापाले निशा श्रीस लाई पक्का बिहे गर्ने निधाे गरे

काठमाण्डौ अशोज १७ ,केपी कुमार जलन बागलुङ, 
लगनकाे महिना बिस्तारै शूरू हुँदै छ यसै क्रममा पञ्चे बाजा घन्किदै छन्,  नाै मति बाजा बजाउदै दुलही भित्राउने समय नजिकिदै छ ।
यही वेला छाेप्दै गायक कृष्ण बहादुर खत्रिले माैलिक पञ्चे बाजा पानी मिठाे मुलकाे बजारमा ल्याई सकेका छन । सुन्दर गल्काेटकाे हटिया बजार स्थित रजहरामा छाँयाङकन गरिएकाे यस गितमा अभिनय गरेका चर्चित माेडल दुर्गेश थापाले गायिका निशा श्रीस लाई विहे गर्ने सुर कसेका छन ।  दुर्गेशले एक्लै बस्न मनले नमानेकाे हुदा यस बर्षकाे लगनकाे महिनामा पक्का पक्कि विहे गर्ने निधाे गरेकाे छन । भने गायिका निशा श्रीस पनि कुल मिले दुर्गेश संग बिहे गर्ने राजी छिन ।
निशा श्रीसले भने उमेर ढल्किदै जादा गाउँघरमा पनि बुढी कन्ने भईस भन्दा विहे गर्ने साेच बनायकी छिन , सर्जक गायक कृष्ण वहादुर खत्रीकाे लय शब्द अावजमा रहेकाे यस गितमा गायिका निशा श्रीसले साथ दिएकी छिन । चर्चित माेडल दुर्गेश थापा र निशा श्रीसकाे मुख्य अभिनय रहेकाे गितकाे म्युजिक भिडियाे दुर्गेश थापा युटुव च्यानल बाट सार्वजानिक भएकाे छ। चर्चित निर्देशक कपिल लामा , राजेश घिमिरेकाे छाँयाङकन, र विष्णु शर्माकाे सम्पादनमा म्युजिक भिडियाे तयार भएकाे थियाे ।