जापानमा तिजिमेला सम्पन्न गायक ईश्वर सिंह लगायतका कलाकारहरूले मेटाय गाउकाे झल्काे

काठमाण्डौ ३० भदौ,

केपी कुमार जलन

नेपाली नारी हरुको महान चाड हरितालिका तीज को अवसर मा जापान मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। गल्काेट दिदी बहिनी समूह र नागाेयामा गल्काेट समाज जापान क्षेत्रिय समितिले छुटा छुट्टै रूपमा अायाेजना गरेकाे तिज विशेष कार्यक्रम निकै भव्यताका साथ सम्पन्न भएकाे छ ।तीज विशेष कार्यक्रम मा नेपाल देखि राष्ट्रिय स्तर को गायक गायीका हरु ईश्वर सिंह, सम्झना,लामिछाने मगर ,रितु कडेल,मनाेज केसि लगायत का कलाकारहरूले साचिकै जापानमा रहेका गल्काेटे दिदि वहिनीहरूलाई बर्ष दिनकाे तिजकाे झल्काे मेटायका छन । नेपाल प्रतिकाे अथाक माया अनि दाजु भाइ दिदी बहिनी अामा बाबाहरू संगै बसेर तिज मनाउन नपायपनि गायक गायिकाहरूले दिदी वहिनीहरू लाई छम छमि नचाय , कार्यक्रम बाट संकलित रकमले गल्कोट क्षेत्रमै सबै भन्द बढी सुत्केरी गराउने एक मात्र ठाउँ हटिया मा विशेष गरी महिला हरुलाई बच्चा गर्भ मा रहेदेखि बच्चा जन्मिने दिन सम्म उसको अवस्था बारे जानकारी गराउने मेसिन गलकोट क्षेत्र मै नभएको ले भिडियाे एक्सरे मेसिन( यु.एस.जि मेसिन ) खरिद गर्ने उदेश्य सहित यो कार्यक्रम आयोजना गरिएकाे कार्यक्रम की संयोजक कालिका थापाले जानकारी दिनु भयाे।कार्यक्रम निकै ठूलो उपस्थिति को साथमा भव्य रूपमा सम्पन्न भएकाेले यस बर्षकाे तिज जापनमा मनाउन परे पनि साचिकै नेपालमै मनाय जस्ताे अनुभव भएकाे गायक ईश्वर सिंहले जानकारी दिनु भयाे।