जनवादी गायक जीवन शर्मा हसिलाे मुहारमा प्रतिष्ठान धाैलागिरीले गर्याे सम्मान

काठमाण्डौ  २१भदौ ।

, केपि कुमार जलन

हाम्राे अभियान,कला संस्कृतीकाे संरक्षण,श्रष्टाकाे सम्मान,नव प्रतिभाकाे प्राेत्साहन भन्ने मुल उदेश्य सहित स्थापना भएकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति धाैलागिरीकाे ८ अाै बार्षिक साधरण सभा तथा सम्मान कार्यक्रममा सिमलि छाया जस्ता हजाराै गितका गायक जीवन शर्मा सम्मानित भएका छन।नेपाली गित संगितकाे फरकपन जनताका दुखा र पिडालाइ गित संगित मार्फत याेगदान दिएकाे भन्दै प्रतिष्ठान धाैलागिरीले कलाकाे कदर गर्दे सम्मान गरेकाे हाे ।बागलुङ जिल्लाकाे जैमुनी नगरपालिका राङखानीमा जन्मियका गायक जीवन शर्मा रक्तिम सास्कृतीक अभियान नेपालका केन्द्रीय अध्यक्ष पनि हुन , कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष प्रजापती पराजुलिले दाेसल्ला अाेढाई सम्मान पत्र नगद ५ हजार १ सय सहित सम्मान गर्नु भएकाे थियाे ।धौलागिरीको माटोमा जन्मेर नेपाली गीत संगितमा आफ्नो छुट्टै बिशेसता बनाउदै आजिबन गीत संगितमा समर्पित गायक जीवन शर्माकाे उच्च मुल्याङकन गर्दे सम्मान गरिएकाे प्रतिष्ठान धाैलागिरीका महासचिव पुर्ण परियारले जानकारी दिनु भयाे।