जापान बाट नेपाल फर्केका चर्चित मोडल तथा गायक एम बि गुरुङ मोडलिङ छेत्रमा निरन्तरता दिदै

काठमाण्डौ १९ भदौ ।
रेडियो छहारी डट कम
नेपाली गित संगीत लाई माया गर्ने घरदेश देखि परदेश सम्म रहिरहदा पनि गित संगीत मै केहि गर्न चाहान्छु भन्दै अघि बढेका मोडल तथा गायक एम बि गुरुङ निकै नै बेस्त रहेका छन्। बिगत केहि वर्ष देखि जापान मा बस्दै आएका गुरुङ हालसालै नेपाल आयका छन। नेपालमा आयर पनि गित संगीत मै बेस्त देखिने गुरुङले नेपालमा आयर झन्डै यक दर्जन भन्दा बढी गित हरु मा आफ्नो अभिनय गरिसकेका छन ।जापानमा रहिरहदा पनि आफ्नो काम सगै गित संगीत लाई पनि निरन्तर दिदै अघि बढेका एम बि गुरुङ ले लोक गित संगीत कै छेत्र मा केहि गर्नेछु भन्ने अठोटका साथ नेपाल आएका हुन् र गरिरहेका पनि छन र एम बि गुरुङ कै आफ्नै एल्बम पनि छिट्टै आउदै छ। रेडियो छहारी को तर्फबाट धेरै धेरै सुभकामना छ