मेलम्चीको पानि र रेल काठमाडौँमा कहिले आउछ सरकार

काठमाण्डौ ३ भदौ ।
रमेश बस्नेत रेडियो छहारी
नेपाली लोक गित संगीत भन्ने बितिकै हुरुक्कै हुने सर्जक नकुल गौतमले परदेश मै बसेर हालसालै बजारमा आएको गित लाई लय तथा सब्द श्रीजना गरेर बजारमा ल्याएका छन माजमा भए गरेका घटना परिघटना लाई लोक लयमा बुनेर बाहिर ल्याउनु नै लोक तथा दोहोरी गीत संगीतको बिशेषता हो । आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्नु पर्छ भन्ने हेतुका साथ् परदेश मा बसेर पनि गायक तथा सर्जक नकुल गौतमले पल्विका डिजिटल प्रालिमार्फत विभिन्न गित हरु लाई बजार ब्यबस्थापन गर्दै आईरहेका छन । तेसोता पछिल्लो समय एउटा गित बजारमा आएको छ ।नेताहरु को कुर्शी तानातान र बिकाश निर्माण मा ध्यान नदिदा खेरिका कुराहरु लाई समाबेस गरेर गित बजारमा आयको हो ।गीत स्वदेशमा रेल गुडाउने र मेलम्चीको पानि काठमाडौँ आउने बिषय संग सम्बन्धित रहेको छ भने सावित्री जोशी, लोकेन्द्र चन्द र नेत्र प्रसाद ज्ञवालीको सुमधुर स्वर रहेको छ । परदेश मा बसेर गित संगीत लाई अत्यन्तै माया गर्ने गायक तथा सर्जक नकुल गौतमको लय तथा शब्द सृजनामा तयार भयको छ ।भिडियोमा दमन रुपाखेती, निरु खड्का, जनक बर्तौला सरिता गौतम र सागर चौलागाईंको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई निर्देशन भीमसेन अधिकारी (भोगटे डन) ले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन सरिता गौतम ले गरेकी छिन् । गीत नेत्र प्रसाद ज्ञवाली र लोकेन्द्र चन्दको प्रस्तुतिमा बजारमा आएको हो ।