शिरफुल नसुहायपछी गायिका लक्ष्मी मल्ल बुलाकीले धपक्कै बनिन

काठमाण्डौ २९ साउन ।
केपी कुमार जलन ,

तिजकाे लहर यति बेला गाउँ देखि शहर सम्म छाईरहेकाे छ, गायक गायिकाहरू फरक फरक सृजनाहरू लियर अाईरहेका छन । कति गित त तिजका नाममा विकृती मिसियका सार्वजानिक भएका छन ,साचिकै तिजमा नारी वेदना पाेखियका दिदी वहिनीहरूका दुखा पीडा लाई पाेख्ने तिजमा भड्किला गितले कला संस्क‌ृती लाई बिकृती तर्फ धकेलिरहेकाे छ।यही विक‌ृतीलाई हटाउदै सुन्दरी गायिका लक्ष्मी मल्लले हरितालिका तिजलाई लक्षित गरेर सेल्फी ४ वुलाकी बजारमा ल्याउनु भएकाे छ। बिगतका बर्षाका तिज गित वाट राम्राे सफलता बटुल्नु भएकी मल्लले यश बर्ष पनि निकै उत्कृष्ट गित बजारमा पस्किनु भयकाे हाे , विशेष गरि हरितालिका तिज महिला दिदी वहिनीहरूकाे ठुलाे चाड भएकाेले राताे साडी र चुरा पाेतेमा सजियर तिजकाे मेलामा अाउन अाग्रह गरिएकाे छ ।Image may contain: 5 people, including Basanta Thapa, people smiling, people standing

साचिकै तिजमा दाजु भाइ लिन अाउने र गर गहना चुरा पाेते साडी लगायर जाने परम्परा लाई यश गितमा व्यक्त गरियकाे छ। निकै उत्कृष्ट शब्द सुजनमा तयार पारीयकाे यश तिजगितकाे शब्द संगित गायिका मल्लका श्रीमान श्रीकृष्ण बम मल्लले गर्नु भएकाे हाे चर्चित सर्जक गायक वसन्त थापा ,श्रीकृष्ण बम मल्ल गायिका लक्ष्मी मल्ल र ललिता पाैडेलकाे अावजमा रहेकाे यश गितमा चर्चित माेडल दुर्गेश थापा र लेशिनाकाे उत्कृष्ट नृत्य रहेकाे छ ।Image may contain: 1 person, smiling, standing and dancing

बिन्ध्यावासिनी म्युजिक प्रालिकाे प्रस्तुतीमा बजारमा सार्वजानिक भएकाे यश गितकाे म्युजिक भिडियाेकाे निर्देशन काजिश श्रेष्ठ ,छाँयाङकन अजय रेग्मी र सम्पादन दिपक विष्टले गरेका हुन ,युटुव सार्वजानिक गरे लगत्तै श्राेताकाे राम्राे प्रतिक्रिया अाएकाेले सफलता पाउनेमा संगितकार श्रिकृष्ण बम मल्ल ढुक्क हुनु हुन्छ।