कुशल रडियो कार्यक्रम संचालक एबं साहित्यकार दाहाल यज्ञनिधि अब रहेनन्

 

ललितपुर जिल्लामा अवस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा दाहालको आज साँझ निधन भएको छ । आजै मात्र थप उपचारका लागि सुमेरु लगिएका दाहालको यस अघि माइतिघरको अन्नपुर्ण न्युरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।  खोटाङ्ग जिल्लामा बि.सं.२०१० सालमा सामान्य परिवारमा जन्मिएका दाहाल यज्ञनिधिले धरानमा रहेको संस्कृत विद्यालयमा अध्यन गर्नु भएको थियो । आवाजका धनी दाहालले रेडियो नेपालबाट प्रसारित साहित्यीक कार्यक्रममा जदौ भन्ने शब्दलाई मिठासपुर्ण तरिकाले प्रस्तुत गरेर भाषाको शैली अनुकरणिय बनाउनु भएको थियो ।