अर्थमन्त्री खतिवडाको राजीनामाको माग

 

अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको माग गर्दै प्रदेश नं. ५ का सांसदहरुले प्रधानमन्त्री समक्ष गुनासो राखेका छन । सत्तापक्षका सांसद अर्थात नेकपाका सांसदले नै अर्थमन्त्रीको राजीनामा माग गरेपछि प्रधानमन्त्री ओली संकटमा पर्नु भएकोछ । बृद्ध भत्ताको बारेमा मन्त्री खतिवडाले दिनुभएको अभिव्यक्तिबाट पनि पार्टी कार्यकर्ता र सर्वसाधारण समेत यतिबेला रुष्ट रहेको बेलामा राजीनामाको घण्टी बज्न सुरु गरेको जानकारहरुले बताएका छन ।