दोहोरो नागरिकता लिने र मधेसबाट नागरिकता लिन नपाएकालाई अब ढोका खुल्ने भयो

काठमाण्डौ, श्रावण–२५, छहारी

सरकारले हाल मात्रै संसदमा नागरिकता ऐन संशोधन विधेयक छलफलका लागि पेश गरेको छ । केही असन्तुष्टि आवाजका बाबजुद पनि विधेयक आएको छ । देश छोडेर विदेशमा बस्दै आएका गैर नेपालीले पनि अब दोहोरो नागरिकता पाउने भएका छन भने मधेसबाट नागरिकता बनाएका पहिचान नभएकाहरुले पनि नेपाली नागरिकता पाउने निश्चित भएको छ । नेपालको संविधान बमोजिम नागरिकता ऐन २०६३ लाई संशोधन गर्न नेपाल सरकारले विधेयक दर्ता गराएको छ । नागरिकता लिनबाट पछिपरेका मधेसका करिब दुई लाख पचासहजार नागरिकले अब नागरिकता पाउनेछन ।

बाबुआमाले जन्मसिद्ध नागरिकता पाएका भएपनि उनीहरुका सन्तानले नागरिकता पाउन सकेका थिएनन् । ६२÷६३ को आन्दोलन पछि तत्कालिन सरकारले करिब १,७०,०४२ जना नागरिकलाई यस्तो नागरिकता प्राप्त गराएको थियो । यिनै नागरिकका सन्तानलाई नागरिकता नपाएको भनी मधेसमा धेरै पटक आन्दोलन चलेको थियो । नागरिकता नपाएर उनीहरुका सन्तानले अध्यन अध्यापन गर्न र सरकारी जागिर खानबाट पनि बञ्जित हुनु परेको थियो ।

नेपालको सेवा सुविधा लिएर विदेशमा भोगविलास गरेर बसेका गैर आवासिय नेपाली नागरिकले पनि अब दोहोरो नागरिकता पाउने भएकाछन् । यो विधेयक पारितभएपछि गैर आवासिय नेपालीले राजनीतिक बाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउँनेछन् । सार्क राष्ट्रबाहेक अन्य देशमा बसोबास गरेका र उतैको नागरिकता लिएका गैर आवासिय नेपालीले सामाजिक क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा र साँस्कृतिक पाटोमा प्रत्यक्ष रुपमा अधिकार उपभोग नर्ग पाउने गरी गैर आवासिय नेपाली नागरिकता पाउने सक्ने विधेयकमा व्यवस्था गरिएको छ ।