दोलखाली हिरो संजिव ठकुरीको यस वर्ष अत्याधिक गितमा अभिनय भन्छन नाचौं घुमी घुमी

काठमाण्डौ २५ साउन ।
रमेश बस्नेत
पछिल्लो समय निकै नै चर्चा मा आएका सबैले दोलखाली हिरो भन्न रुचाउने मोडल संजिव ठकुरीले बिगत का वर्षमा भन्दा यो वर्ष धेरै नै गित हरुमा ठकुरीको अभिनय लाई देख्न सकिन्छ ।दोलखा जिल्लामा जन्मियर नेपाली लोक गित संगीत को लागि केहि गर्नु पर्छ भन्ने उद्देस्यका साथ अघि बढिरहेका संजिव ठकुरीले हालसालै अभिनय गरेको तिज गित नाचौं घुमी घुमीले निकै नै चर्चा पाइरहेको छ । अमृत खातीकै साथ् सहयोगको कारण निकै नै चर्चा मा रहेका ठकुरी निकैनै खुशी रहेका छन् । अमृत खाती र स्मृति गौतमको आवाज रहेको गितमा अमृत खातीकै लय र जिबन अर्यालको शब्द रहेको छ ।गितमा उनै दोलखाली हिरो संजिव ठकुरी र अनु शाह निकै नै राम्रो अभिनय रहेको छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।