गायक रवि कार्किकाे भजन सार्वजानिक यसरी नाचे प्रसिद्द गलेश्वरधाम मन्दिरमा शिव र पार्वती

काठमाण्डौ २४ साउन ।
केपी कुमार जलन
म्याग्दीका लाेक गायक तथा हास्यकलाकार रबि कार्कीकाे गलेश्वरधामकाे दर्शन वाेलकाे भक्तिगत भजन सार्वजानिक भएकाे छ।गलेश्वर मन्दिरलाई विश्वसामु चिनाउन मन्दिरकाे प्रचार प्रसार र पर्यटन प्रवर्धनमा सहयाेग हाेस भन्ने उदेश्य सहित भजनसंग्रह भक्ति गित सार्वजानिक गरिएकाे हाे ।यश माैलिक भक्तिगत लाेक भजनलाई म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले म्युजिक भिडियाे सहित गित सार्वजानिक गर्नु भएकाे हाे।हजाराै दर्शालुहरूले दर्शन गर्ने एकमात्र मन्दिर गलेश्वरधाममा दर्शन गरे दुखा सवै टर्ने विश्वास रहेकाे छ।यही विश्वास संगै अझै पनि गलेश्वरकाे व्यापक प्रचार प्रसार हाेस भन्ने गायक कार्कीकाे भनाई छ, एरेन्जर तारानाथ अाचार्य, गायिका ज्याेती लाेहनी र गायक कार्किकाे स्वर रहेकाे यश भजनकाे लय रवि कार्किले गरेका हुन भने शब्द काेषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुलिले गरेका छन। गितमा शिव र पार्वती बनेर खेम केसी र करिश्मा सुवेदीकाे नृत्य रहेकाे छ, गायक कार्कीकाे अाफ्नै युटुव च्यानल वाट सार्वजानिक गरियकाे भिडियाेकाे निर्देशन गणेश सापकाेटा र सम्पादन सन्ताेष सारू मगरले गरेका हुन।