कता बेपत्ता भइन गायिका मुना थापा ? अब नेपाल छाडेकै हो त

काठमाण्डौ २३ साउन ।
रेडियो छहारी डट कम

लोक गायन क्षेत्रमा गायक गायिका बेपत्ता हुने क्रम रोकिएको छैन । पछिल्लो समयमा सबैको मनमा बस्न सफल भएकि लोक गायिका मुना थापा अमेरिका कार्यक्रममा भाग लिन गएकि थिइन । यसपालीको तिजमा उनको स्वरमा गित नआएपछि श्रोताले खोजी गर्दा मात्र थाहा भयो कि उनी त पाँच वर्षे भिषा लगाएर अमेरिका पलायन भएकि रहिछिन । गित गाएर लोकप्रियता कमाउनु भनेको अमेरिका जाने भिषाको लागि रहेछ कि भन्ने अहिले सबै लोक पारखीहरुको गुनासो रहेको छ । अमेरिकाले नेपाली लोक क्षेत्रका अधिकांश गायक गायिकालाई के देखेर तान्ने गरेको हो भन्ने विषयमा खोजिहुनु आवश्यक देखिन्छ । प्रेमराजा महत, भगवान भण्डारी, विमल डाँगी लगायतले लोक क्षेत्रलाई मारहानी रहेका बेलामा फेरि मुना थापाले पनि नेपाल छाडेर विदेश पलायन हुनुले धेरै गम्भीर प्रश्न उठेको छ । लोक गायनलाई सरकारले आरक्षण दिन नसक्नु र यस संग सम्बन्धित छुट्टै निकाय गठन गर्न नसक्नु प्रमुख कारण हुन सक्छ । सधैं टेलिभिजनको पर्दामा देखिने हसीँलो फुर्तिलोसंग नाच्ने अथवा नचाउने अर्का कलाकार शंकर वीसी समेत अमेरिका तिरै बस्न थाले पछि लोक क्षेत्रमा कतै मन्दी लाग्ने त हैन भन्ने आवाज पनि यस क्षेत्रका जानकारहरु जिज्ञासा राख्ने गर्छन ।
एकाएक गायिका मुना थापा बेपत्ता हुनुले यसपालीको तिज त कतिलाई खल्लो लाग्यो लाग्यो तर अरु समयमा गाउने गितमा पनि उनको स्वर सुन्न नपाइने भएको छ । हजारौ गित गाएर लाखौं श्रोताको मन जितेर यतिवेला सारा श्रोतालाई माया मारेर अमेरिका पलायन हुनुले सबै नेपाली श्रोता छक्क परेका छन ।