चर्चित गायिका शान्तिश्री परियारको सन्देशमुलक तिज गित ‘छोरी’ सार्वजनिक हेर्नुहोस भिडियो सहित

काठमाण्डौ १० साउन

सृष्टीकै उत्कृष्ट सृजना हो नारी, आमा हुन नारी सम्मान गरौं, छोरी हो नारी इज्जत गरौं, आफ्नो जिवन संगनी हो नारी प्रेम गरौं , आजै देखी छोरा र छोरी बिचको भेदभाव बन्द गरौं ।” यो सन्देश दिने उद्देश्यले बहुचर्चित गायिका शान्तिश्री परियारले तिज गित छोरी सार्वजनिक गरेकी छन् । हाम्रो समाजमा अझै पनि जिवित रहेको छोरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याइ सभ्य समाज निर्माण गर्न कलाकार पनि जुट्नु पर्ने शान्ति बताउँछिन् । आफुले ल्याउने हरेक सृजनामा समाजमा रहेको कुसंस्कृतिको अन्त्य गर्न कतै न कतै जोड्नै पर्ने गायिका शान्तिको भनाई छ । शान्तिश्री परियार र नारायण भुजेलको शब्द रहेको यो गितले समाजको बास्तविकतालाई बाहिर ल्याएको छ । नारीले हाम्रो देशको नेतृत्व गरिरहेको अवस्थामा अझै किन छोरी प्रतिको सोचाई परिवर्तन हुन सकिरहेको छैन ? किन मान्छेहरु छोरी भएपछि गर्भमै तुहाउन खोज्छन् ? यस्तो समाजलाई परिवर्तन गर्न जुन ठाँउमा जो छ उसैले आवाज बुलन्द पार्न आबश्यक रहेको गायिका शान्तिको भनाई छ ।
बिहिबार मात्र शान्तिश्रीकै युटुव च्यानल मार्फत सार्वजनिक भएको सो मार्मिक गितमा समाजको बास्तकितालाई उजागड गरिएको छ । तिजको गित भएपनि सचेतनामुलक र सन्देशमुलक रहेको छ । यो गितमा लय गायिका शान्तिकै रहेको छ भने अभिनयमा बुहारीको भुमिकामा शान्ति आफै छन् । यसै गरी लक्ष्मी गिरी, हरि शरण रिजाल, खेम घर्तीले अभिनय गरेका छन् । वालकलाकार रितु श्रेष्ठको पनि अभिनय छ । मालाश्री स्टुडियोमा निर्माण नियन्त्रक नवराज भटराई,एरेन्ज बिनोद बाजुराली,मिक्सींग खड्ग बाजुराली, छायाकंन करन चैसिर, सम्पादन मनोज कार्की र निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् । यस्तै दृष्य निर्माण मण्डली फिल्मले गरेको हो ।