चर्चित सर्जक गायक वसन्त थापा भन्छन सालकाे पात टपरीमा जस्तै जाम सुस्तैमा पनि उतिकै मेहनत छ

फागुन २९

केपि कुमार जलन बागलुङ

रेडियो छहारी डट कम
सर्जक गायक वसन्त थापाले सालकाे पात टपरी जाम सुस्तैमा पनि उति नै मेहनत गरेकाे प्रतिक्रिया दिएका छन। नेपाली सांगितिक फाटमा सृजना गर्ने मध्येमा नम्बर एकमा पर्ने गायक वसन्त थापाका सृजनमा कुनै खाेट लगाउने ठाउँ छैन ।टिपिकल भाकामा लय सृजना गर्ने सक्ने गायक थापाका सृजनाहरू निकै उत्कृष्ट हुने गर्छन केहि समय अघि सालकाे पात टपरी गित बजारमा सार्वजानिक भए लगत्तै वसन्त थापाका सृजनमा गित गाउन रूचाउने गित संगित भित्रकै हस्तिहरू प्रशस्त भेटिन्छन। यसाे त गायक वसन्त थापा का बजारमा सार्वजानिक भएका दर्जनाै गितहरू निकै चर्चामा छन। यसै क्रममा केही दिन अघि बजारमा आयकाे लाेक दाेहाेरी गित जाम सुस्तैले पनि यतिबेला सामाजिक संजाल एफ एम रेडियाे र टेलिभिजनमा निकै चर्चा पाएकाे छ । सालकाे पात टपरी पछी जाम सु्स्तैलाई पनि श्राेताले नजिक वाट नियालेर हेरेका छन। हेराै दर्शक श्राेताकाे माया भने कति पाउन सक्छ भनेर युटुवमा पनि उकालि चढ्दै छ ।यात्रा हाेस टाेल टाेलमा पनि जाम सुस्तै गित बजिरहेकाे देख्दा साचिकै सालकाे पात टपरी जस्तै रूचाउन सकिन्छ भन्ने आकलन गर्न सकिन्छ । सर्जक गायक वसन्त थापाकाे उत्कृष्ट शब्द लय सृजनमा रहेकाे यस गितमा म्याग्दीका रबि कार्की ,चर्चित गायिका जुना श्रिस मगर र वसन्त थापाकाे आवज रहेकाे छ।भने चर्चित गायक माेडल रामजि खाण, कुलेन्द्र बिश्वकर्मा र वसन्त थापा,र जनहि बस्नेतकाे निकै उत्कृष्ट नृत्य रहेकाे यस गितलाई उत्कृष्ट भिडियाे निर्माण गर्ने निर्देशक शिव बिक को रहेको छ भने छायाङकनमा ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादनमा बिकास ज्ञवालीकाे मुख्य भुमिका रहेकाे छ ।वसन्त थापाकाेआफ्नै युटुव च्यानल बाट सार्वजानिक भए लगत्तै दर्शक श्राेताकाे राम्राे प्रतिक्रिया पाएकाे गायक रबि कार्किले जानकारी दिएका छन् ।