पाेखरामा शुभकामना एवं सांगितिक कार्यक्रम हुँदै

फागुन २८
केपि कुमार जलन बागलुङ
नेपाली कला संस्कृती हाम्राे पहिचान,नाैमती बाजा संरक्षण प्रवर्दन हाम्राे अभियान भन्ने मुल नाराका साथ पाेखरामा बृहत् शुभकामना एवं सांगितिक कार्यक्रम हुने भएकाे छ। परियार सेवा समाज जिल्ला समन्वय समिति कास्कीकाे आयाेजनमा चैत्र २३ गते दिपेन्द्र सभागृह हल पाेखरामा हुने कार्यक्रममा चर्चित कलाकारकाे उपस्थिति हुने जनाईएकाे छ। नेपाली गित संगितमा अब्बल ठानियका चर्चित मुहारहरू नेपाली सुगम संगितका चर्चित गायक गायिकाहरू शिव परियार, गायक राजु परियार,प्रताप दास,जय कुमार परियार,पुर्णकला विसी,राजेश बर्देवा, दुर्गा परियार,प्रज्वल भित्रीकाेटी ,शिव गाैतम,साथमा अन्य थुप्रै कलाकारहरूकाे प्रस्तुती रहने अध्यक्ष किसन सेवाले जानकारी दिनु भयाे।