जनक लामा रअर्चना स्यान्ग्तानको आवाजमा छिरिंग दोर्जे लामाको मौलिक गीत मकवानपुरे ठिटो

काठमाडौं फागुन २६
रेडियो छहारी डट कम

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पश्चिनी सुगन्ध मिश्रण भयो भन्ने गुनासोहरु आइरहेको बेला यति बेला धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ जुर्मुराइरहेका छन् । यसै क्रममा मकवानपुरे युवा सर्जक छिरिंग दोर्जे लामाले आन्तरिक पर्यटन प्रबर्धनमा टेवापुग्ने किसिमको “मकवानपुरे ठिटो” बोलको एक मौलिक गीतलाई भर्खरै बजारमा ल्याएका छन् । मकवानपुर जिल्ला राक्सिरांग गाउँ पालिका १ मा जन्मिएका उनले  यस गीतमा जनक लामा र अर्चना स्यान्ग्तानको सुमधुर स्वर सजाएका छन् ।

छिरिंग दोर्जे लामा कै लय तथा शब्द सृजनामा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको भिडियोमा करिश्मा ढकाल, चन्द्र, निर्मला र सुबसको आकर्षक अभिनय देख्न सकिन्छ । “मकवानपुरे ठिटो” बोलको यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।