रोल्पाली सेवासमाजको क्षेत्रीय समिती जुबैलको मासिक सातौ बैठक सम्पन्न

अन्तरास्ट्रिय रोल्पाली सेवासमाजको क्षेत्रीय समिती जुबैलको सातौ मासिक बैठक साउदी अरबको जुबैल अन्नपूर्ण होटेलमा शुक्रबार सम्पन भएको थियो ।

बैठक कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोल्पाली सर्जक तथा लोक दोहोरी गायक रोल्पाली अन्तरास्ट्रिय सेवा समाज क्षेत्रीय समिती जुबैल का सहलाकार दिपक रोल्पाली काे पनि उपस्थित रहेकाे थियाे ।

रोल्पाली अन्तर्राष्ट्रिय सेवासमाज क्षेत्रीय समिती जुबैलकाे माहधिबेशन नजिकिदै गर्दा समितिले नयाँ सदस्यलाइ परिचयपत्र बितरण गरिएको थियो । बैठकमा अन्तरास्ट्रिय रोल्पाली सेवासमाजको माहधिबेशन को बारेमा छलफल भएको थियो । कार्यक्रमको अन्तिममा पुगेका गायक दिपक रोल्पालीले आफ्नो नयाँ गीत गाएका थिए । कार्यक्रम संचालक धुर्ब सारुमगर ले गर्नु भएको थियो ।