चर्चित गायक रामजी खाणले मेलिना राईलाई सलल बगेकाे अाधीखाेला पुराउने निधाे गरेपछि

नेपाली सांगितिक क्षेत्रका बहुचर्चित गायक स्याङजाली ठिटाे रामजि खाँणकाे निकै फरकपनका साथ तयार पारीएकाे ढल्के बरकाे लाेक दाेहाेरी गीतले यति बेला बजार तताई रहेकाे छ ।

निकै उत्कृष्ट व्यबस्थापनका साथ तयार पारीयकाे म्युजिक भिडियाे मात्र नभई गीतकाे संगितमा निकै मिठास भरिएकाे छ । माया प्रेमकाे गहिराे बन्धनमा बाँधिएका गायक रामजि खाणले गायिका मेलिना राई लाई मायाले बाधि लैजाने निधाे गरेपछि मेलिना राई भने अन्याैलमा परेकी छिन । दिन दिनै उनै मेलिना राईकाे यादमा भाैतारीएका गायक खाँणले एक दिन भेटेपछि अाफुलाई दिन दिनै भेटने बानि परेकाे रहस्य खुलायका छन ।

माया प्रेमकाे एक अन्तरंग लाई टपक्क टिपेर तयार बनाईएकाे गीतमा अावज गायक रामजि खाँण र मेलिना राईकाे रहेकाे छ । गीतकाे शब्द घनश्याम रिजालकाे रहेकाे छ । संगित भने गायक खाँण अाफैले गरेका छन् । गीतकाे म्युजिक भिडियाेमा अहिलेकी व्यस्त माेडल अन्जुली अधिकारी र गायक रामजी खाँणकाे उत्कृष्ट नृत्य देख्न सकिन्छ ।

म्युजिक भिडियाेलाइ निर्देशन माैसम हिमालीले निर्देशन गरेका छन् । करन चैसियरकाे छाँयाङकन र प्रबिन भट्टकाे सम्पादनमा म्युजिक भिडियाे तयार गरिएकाे हाे ।