शिव हमालको लय शब्दमा सन्दिप न्यौपानेको बहुप्रतिक्षीत लोक दोहोरी गीत लालुमै छोटो समयमै चर्चाको शिखरमा

लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गीत ‘लालुमै’ सार्वजनिक भएकाे छ । सार्वजनिक भएकाे छाेटाे समयमानै गीतले चर्चा बटुलेकाे छ ।

गीतमा गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले स्वर दिएका छन भने शिब हमालकाे आफ्नै लय र शब्द रहेकाे छ । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने देख्न सकिन्छ । म्युजिक भिडियाे लाइ  प्रकाश भट्टले निर्देशन गरेका छन् ।हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै’ लाई रिलिज गरेका हुन् ।