प्रेम दिवसकाे अवसरमा ‘दिलको भतेर’ (भिडियो)

काठमाडौं ।

प्रेम दिवस नजिकिदै गर्दा बजारमा प्रेम दिवस समबन्धि गीत हरू बजारमा अाउने क्रम बढिरहेकाे छ । यसै क्रममा गायिका मुना थापा र प्रनिल गुरुङले पनि प्रेम दिवसकाे अवसरमा दर्शकलाई सांगीतिक उपहार दिएका छन् ।

उनीहरुले लोकदोहोरी गीत ‘दिलको भतेर’ आफ्ना स्रोता र दर्शकलाई प्रेम दिवसको उपहार दिएका हुन् । नन्दराम परियारको शब्द सृजना रहेको सो गीतमा प्रेम भावना दर्शाइएको छ ।

रिसाउँदा पनि माया गरेको जस्तो लाग्ने अनुभव आफूहरुले गरेको भन्दै आफ्ना प्रियलाई सुनाउँदै खुसी पार्ने प्रयास गरिएको छ ।
ध्रुव हिमालीको निर्देशन रहेको सो भिडियोमा ध्रुव हिमाली र सञ्चिता शाहीको अभिनय रहेको छ ।