बिस्वासको नयाँ गीत ‘ब्यांग ब्यांग’ बजारमा

रेडियो छहारी डटकम
माघ २८काठमाडौं

काठमाडौं । विगत लामो समय देखि सांगीतिक क्षेत्रमा काम गर्दै आएका गाएक, रचनाकार तथा मोडल विर बिस्वासले नयाँ गीत ‘ब्यांग ब्यांग’ बजारमा ल्याएका छन् ।

यो भन्दा पहिले पनि धेरै चर्चितगीत बजारमा ल्याई सकेका बिस्वासले यो गीतले पनि बजारमा राम्रै चर्चा पाएको बताएका छन् ।

गीतमा गायक वीर बिस्वाशकै आफ्नै लयशब्द, संगीत र याप रहेको छ भने गायिका कृपा पौडेलले स्वरमा साथ दिएकी छिन् ।

यस्तै गीतमा केशब बडुको एरेन्ज रहेको छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।

बिक्रम चौहानको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सागर सुनार र शान्ति ओडले अभिनय गरेका छन् ।