बिवाहकाे महिना शुरू भए संगै गायक युवराज आचार्यले ल्याए जन्ती

काठमाण्डौ

नेपाली समाजमा विवाहको समयमा विभिन्न किसिमका वाजागाजा बजाएर अति नै मनोरन्जनात्मक तरिकाले मागी विवाह सम्पन्न गरिन्छ । विविधता भित्र लुकेको सामाजिक परम्परा अन्तर्गत विवाह पद्दती आ–आफ्नै शैलीका हुने गर्दछन । जातीय, भेगिय एबं वर्गिय गरेर थरीथरीका विवाह हुने गरेको भएतापनि नेपाली यथार्थ परक विवाह भने कमै मात्र पाइन्छन् । खोज्दा नपाउने तर टिपिकल भाकामा सजिएको गित संगीत सहितको पञ्चेवाजामा आधारित गित चर्चित लोक गायक युवराज आचार्यले हालै वजारमा ल्याएका छन् ।

लोकगितमा निकै ख्याती कमाएका आचार्यले आम श्रोता दर्शकको मन जित्न सफल भई गायन क्षेत्रमा जम्दा जम्दै पनि विशेष कारणले विदेशिएका हुन । जापानमा रहदै आएपनि आफ्ना कला र गलालाई श्रोता र दर्शकका वीच समर्पण गर्न किंचिंत नथाक्ने कलाकार आचार्यले हालै मर्मस्पर्शी पञ्चेवाजाको गित ल्याएर फेरिपनि नेपाली पनलाई व्यूँत्याइदिएका छन् ।

आफ्नै स्वर, शब्द र भाकामा गायिका शान्तिश्री परियारका साथमा रहेको ’जन्ती’ नामक गिती संग्रहको युवराज आचार्यको आफ्नै युटुव मार्फत सार्वजनिकीकरण गरिएको छ । वाग्लुङ्गमा जन्मिएका गायक आचार्यले नेपालका हरेक कुना कन्दराको अध्यन गरेर रुचाइएका भाकाहरु श्रोता दर्शक माझ ल्याउने यी गायकले ’आफ्नै मन घाइते गराउँछु’ नामक गितबाट चर्चाको शिखरमा पुगेको थिए ।

हालै बजारमा ल्याएका गित ’जन्ती’ मा अति रमणिय स्थलमा छायाँकन गरिएको यस गितमा चर्चित मोडल विमल अधिकारी र व्यस्त मोडल सारिका केसीले बेजोड अभिनय गरेका छन् ।  गुरुआमा फिल्मस्को व्यानरमा बनेको यस म्युजिक भिडियो गुरुआमा (स्मृति तिमिल्सीना) ले निर्देशन गर्नुभएको हो ।