नेशनल म्युजिक अवार्ड २०७५ सुगम संगितका चर्चित गायक शिव परियारलाई

 

काठमाण्डौं माघ ७

केपी कुमार जलन ,बागलुङ,

आधुनिक गित संगित क्षेत्रका चम्किलाे तारा उनै शिव परियार आधुनिक गायककाे अवार्ड पाउन सफल भएका छन ।रेडियाे कान्तिपुरले आयाेजना गरेकाे विभिन्न बिधाका म्युजिक अवार्डहरूकाे यहि माघ ५ गते सार्वजानिक गरिएकाे थियाे यही अवसरमा गायक परियार नेशनल म्युजिक अवार्ड २०७५ मा आशुकाे अर्थ बाट यस बर्षकाे सर्वात्कृष्ट आधुनिक गायककाे अवार्ड पाउन सफल भएका हुन।अवार्ड ग्रहण गरिहदा गायक परियारले आफुले थप जिम्मेवारी महसुस गरेकाे र गितका सम्पुर्ण टिम दर्शाक श्राेता र रेडियाे कान्तिपुर प्रति खुसि व्याक्त गरेका छन ।