युवा पुस्ताको ढुकढुकी गायक बालकुमार श्रेष्ठ फुलमती खिज्दै

काठमाण्डौं माघ ६

चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा रहेको गीत “फुलमती” को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द कुशल बेलबासेको रहेको छ भने लय बालकुमार श्रेष्ठकै रहेको छ। उक्त गीतको भिडियोमा नायिका अनु शाह र यसराज गराचको अभिनय हेर्न पाईन्छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन र सम्पादन बिष्णु शर्माको रहेको छ । राजु विरही लामाको निर्माण रहेको गीतलाई चन्द्र सुर्य फिल्मस्ले बजारमा ल्याएका हो। सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।